आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप १४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
१४ जना मध्ये २ जना धौलागिरी अस्पतालका स्वास्थ्यकर्मी र १२ जना अस्पताल भवन बनाउन आएका मजदुर रहेको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
१२ जना मजदुर महोत्तरी जिल्लाका रहेका छन् भने एक स्वाथ्यकर्मी जैमिनी र एक जना बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेको रहको गौतमले जनाकारी दिनुभयो ।