आज तीज : न पूजापाठ न नाँचगान

आदर्श अनलाइन, बागलुङ
आज नेपाली महिलाहरुकाे महान पर्व तीज हाे । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाइँन्छ ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

तर काेराेना भाइरसका कारण देशभर जमघट हुन र पूजा आजा गर्न बर्जित छ । पशुपति नाथ सहित देशका ठूला साना सबै शक्तिपीठ बन्द छन् ।

पाेखराका बिन्दबासिनी, लगायतका मन्दिर बन्द छन् ।

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ ।

पाेखरामा निषेधाज्ञाकाकारण मानिहरु बाहिर निस्कन पनि पाएका छैनन् । तीजमा महिला माइत जाने चलनलाई पनि याे निषेधाज्ञाले अवराेध सृजना भएकाे छ ।

तीज मै हुने जमघटले काेराेना समुदायमा फैलन सक्क भनेरै निषेधाज्ञा जारी गर्न बाध्य भएकाे पाेखरा महानगरका मेयर मानबहादुर जिसी बताउछन् ।

तीजलाई भब्य बनाउन विभिन्न ठाउमा महाेत्सव तथा तीज गित प्रतियाेगिता आयाेजना गरिएका हुन्थे । अहिले त्यस्ताे कही कतै छैन् ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *