बन्दिपुर गाउँपालिकामा कोरोनाको जोखिम कायमै : १२ गतेसम्म लम्बियो लकडाउन

आदर्श अनलाइन, तनहुँ
तनहुँको बन्दिपुर गाउँपालिकाले लकडाउन थप एक हप्ता लम्ब्याएको छ ।

कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेकाले गाउँपालिकाले भदौ ६ गते शनिबारदेखि १२ गतेसम्मलाई लकडाउन लम्ब्याएको हो ।

गाउँपालिकाले यसअघि गत साउन ३० गतेदेखि भदौ ५ गतेसम्मलाई लकडाउन गरेको थियो ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट नआइसकेकाले थप एक हप्ता लडकाउन लम्ब्याइएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

गाउँपालिकाको वडा नं १, ४ र ५ अन्तर्गतका बजार तथा राजमार्ग क्षेत्रभित्र औषधिजन्य स्वास्थ्य सेवा, बैंकका एटीएम सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न, बन्दिपुर गाउँपालिकाका अन्य वडा र बन्दीपुर बजार क्षेत्रमा यातायातका साधन पूर्ण रुपमा बन्द गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले थप एक हप्ताको लकडाउनलाई पनि पूर्ण रुपमा पालना गर्न गाउँपालिकाबासी लाई अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *