कालिगण्डकी गाउँपालिकाको भवन शिलान्यास

आदर्श अनलाइन, स्याङ्जा
स्याङ्जा कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नं. ४ स्थित गहलाममा स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएसँगै भवन निर्माण शुक्रबार शुरु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

७ करोड ७० लाख ९७ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी श्याम सुन्दर निर्माण सेवा कम्पनी बानेश्वर काठमाडौंसँग ठेक्का सम्झौता भएको अध्यक्ष थापाले बताए ।

“भवन निर्माण पहिले नै शुरु गर्ने तयारीमा थियौं तर कोभिड १९ को बन्दाबन्दीका कारण थालनी गर्न सकेनौं”, अध्यक्ष थापाले भने । भवन २०७८ असोज महीनासम्ममा निर्माण सम्पन्न भईसक्ने अध्यक्ष थापाले बताए ।

साविकको विर्घा गाविस कार्यालयबाट सेवा प्रवाह गर्दै आएपनि अहिले सेवा प्रवाहमा समस्या भएका कारण भवन निर्माण थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भएसँगै विषयगत शाखाहरु पनि थप भएकाले साविकको गाविसको भवनले मात्रै अपुग भएकाले भवन निर्माण थालिएको हाे ।

गहलामका १५ जना जग्गाधनीले गाउँपालिकाको भवन निर्माणका लागि ३१ रोपनी जग्गा निःशुल्क गाउँपालिका कार्यालयको नाममा पास गरीदिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *