तल्लो लमाई समाज जापानकाे अध्यक्षमा खत्री

थम्मन थापा, गलकाेट
गलकोट नगरपालिका वडा नं ३ हटिया तल्लो लमाइ बाट रोजगारी र अध्ययनको सिलसिलामा जापानमा रहेका नागरिकहरुको भेला सम्पन्न भएको छ । भेलाले बल बहादुर खत्रीको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति चयन गरेको छ ।

समितीको वरिष्ठ उपाध्यक्षमा रामु खड्का, उपाध्यक्षमा रबिन अधिकारि, राम बहादुर खत्री, लछु अधिकारी, महासचिवमा प्रेम अधिकारी, सचिवमा गोबिन्द खत्री, सहसचिवमा प्रेम अधिकारी (किरण), कोषाध्यक्षमा खिम अधिकारी र सह कोषाध्यक्षमा सुजन नेपाली र सुनिल अधिकारी रहेका छन् । समितीको सदस्यमा मनोज खडका, लिलु अधिकारी, प्रेम अधिकारी, अम्मर खत्री, मोहन खत्री, होम ब.खत्री, बाबुराम अधिकारी, खिम बुढाथोकी, सागर अधिकारी, लक्ष्मण खत्री, धन खत्री (मिलन), दिपक अधिकारी, शेर ब. खत्री, ओम ब. अधिकारी (रामु), मिन बहादुर खत्री, बेल ब. अधिकारी, मन खडका, अमर खत्री, कृष्ण कार्की, गोपाल खड्का, टेक अधिकारी (ख) र शिव कार्की रहेका छन ।

त्यस्तै युवा संयोजकमा टेक अधिकारी (क) चयन गरिएको छ । सो अवसरमा दल बहादुर अधिकारी (रामु) संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितीको सदस्यमा गोबिन्द खड्का, छम ब. खत्री, कुलराज अधिकारी, प्रेम अधिकारी र ईश्वर बस्नेत रहेका छन् ।

विभिन्न पेशा व्यवसाय रोजगारी, अध्ययन र डिपेन्डेन्ट भिसामा जापानमा रहेका गाउँबासी दाजुभाई दिदीबहिनीहरुलाई सामाजिक एकता सदभाव सहित सुख दुःखमा सहकार्य गर्न तल्लो लमाइ समाज जापान स्थापना गरिएको नव गठित समितिका अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिए ।

गाउँमा हुने विभिन्न सामाजिक विकासका गतिविधि र समाजमा आइपर्ने समस्यालाई समाज मार्फत आवश्यक सहयोग गरि सहकार्य मार्फत सभ्य समाज निर्माण गर्दै अगाडि बढ्न जापानमा गाउँका जागरुक युवाहरुको सक्रिय सहभागितामा समाज स्थापना गरिएको समितिका उपाध्यक्ष राम खत्रीले बताए । भेला जापानको नागोया स्थित द नान मास्टर इन्डियन रेस्टुरेन्ट, निसिकोको सभाहलमा सम्पन्न भएको थियो ।

भेलामा जापानभर छरिएर रहेका तल्लो लमाई बासी नागरिकको उल्लेख्य उपस्थित‌ी रहेको थियो । कार्यक्रममा नेपालबाट जापान भ्रमणमा रहेका श्री हर्क बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम प्रेम अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *