स्याङ्जाबाट पोखरा फर्किएका थप ३ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

आदर्श अनलाइन, पोखरा
स्याङ्जाबाट पोखरा फर्किएका थप ३ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तीन दिन अघिमात्र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का २३ देखि ३६ वर्ष उमेर समूहका १६ जना पुरुषमा संक्रमण देखिएको थियो ।

स्याङ्जामा खटिएर पोखरा फर्किएका प्रदेश सशस्त्र प्रहरी गणका २२, २३ र ३५ वर्षका पुरूषमा संक्रमण पुष्टि भएको हो । शनिबार मात्र कास्कीमा १६ संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालायले जारी गरेको शनिबार बिहाना १० बाजेको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ३ जना कोरोना पुष्टि भएको र १ घण्टा नबित्दै जारी गरेकाे बिहान ११ बजेकाे दाेस्राे अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८६८ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *