शनिबार कोरोनाबाट ८ जनाको मृत्यु, ६ सय ३४ जना नयाँ संक्रमित थपिए

आदर्श अनलाइन, पोखरा
नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले थप ६ सय ३४ जनामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

डा.गौतमका अनुसार योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार १ सय १७ पुगेको छ । हाल नेपालमा १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित छन् ।

यस्तै आज देशभरीबाट कोरोनामुक्त भएर १ सय ३६ जना डिस्चार्ज भएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ । यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ । शनिबार कोरोनाबाट ८ जनाको मृत्यु भएसंगै मृक्तकको कुल संख्या १ सय ४६ पुगेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *