गण्डकी प्रदेशमा थप तीन सुरक्षाकर्मी सहित ८ जनामा कोरोना

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा सोमबार बिहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परीक्षणमा प्रदेशका नवलपुर, तनहुँ र बाग्लुङका २/२ जना, म्याग्दी र स्याङ्जाका १/१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमित मध्ये स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ र तनहुँको ब्यास नगरपालिकाका १ जना नेपाल सेनामा कार्यरत हुने भने म्यादीको बेनी नगरपालिकाका १ जना नेपाल प्रहरीमा कार्यरत रहेका छन् । म्यादीमा कोरोना मुक्त भइसकेपनि फेरी एक जनामा देखीएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८८ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त भई १ हजार ६ सय १२ जना घर फर्किएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *