आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशमा सोमबार दिउसो थप २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका – २९ की २० वर्षीया महिला र नवलपुर गैडाकोट-१२ का ४७ वर्षीय पुरुषमा सोमबार दिउसो सक्रमण पुष्टि भएको हो ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९० पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय १९ पुगेको छ ।