आयुर्वेद औषधालय बागलुङको अध्यक्षमा घिमिरे

आदर्श अनलाईन, बागलुङ
जिल्ला आयुर्वेद औषधालय बागलुङको अध्यक्षमा नेकपाका नेता राजिव घिमिरे नियुक्त हुनुभएको छ ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सोमबार गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला आयुर्वेद केन्द्रमा व्यवस्थापन समिति नियुक्त गरेको हो ।

बागलुङका घिमिरे सहित पर्वतमा भवानी प्रसाद शर्मा, म्याग्दीमा जीवन विश्कर्मा, मुस्ताङमा जितेन्द्र शेरचन, कास्किमा हरिचन्द्र देवकोटा, तनहुँमा देवी बहादुर बस्नेत, नवलपुरमा कृष्ण प्रसाद भट्टराई, स्याङ्जामा यज्ञ प्रसाद पौडेल, लमजुङमा भुवाल बहादुर दनाई, गोरखामा रमेश श्रेष्ठ र मनाङमा छिरिङ गुरुङ नियुक्त हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *