निसीबाट हराएका किशोर किशोरी लामो पुल हेर्न बागलुङ बजार

आदर्श अनलाइन, बागलुङ
तीजको दिनदेखी वेपत्ता भएका निसीखोलाका ४ जना किशोर किशोरी बागलुङ नगरपालिका–३ मा भेटिएका छन् ।

निसीखोला गाउँपालिका–३ धाराखर्कका १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय राम प्रसाद सुनार, १६ वर्षीय श्यामु शिर्पाली र १५ वर्षीया सम्झना सिर्पालीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले बुधबार विहान फेला पारेको हो ।

गाउँपालिकाको वडा नम्बर ७ नर्सिङकोटमा घुम्न भनि निस्केका ४ जना हराएको भन्दै परिवारले ईलाका प्रहरी कार्यालय झिवाखोलामा उजुरी दिएका थिए ।

फेला परेका उनिहरुले बागलुङ र पाङ जोड्ने लामो झोलुङ्गे पुल हेर्नको लागि बागलुङ आएको बताएका छन् । उनिहरुले प्रहरीलाई पुल हेरेको समेत बताएका छन् । उनिहरुलाई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *