सांसद र प्रजिअ सहितको टोली खानेपानी मुहानमा

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा फोहोर पानी वितरण भएको जनगुनासो बढिरहेको समयमा प्रदेशसभा सांसद सहितको टोलीले खानेपानी मुहानको स्थलगत अनुगमन गरेको छ ।

प्रदेशसभा सांसद इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल र प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, बागलुङ नगर खानेपानीका पदाधिकारी, कर्मचारी सहित प्राविधिक टोलीले काठेखोला गाउँपालिका–७ रेश खोला र ८ को भुदीखोला मुहानको स्थलगत अनुगमन गरेको हो ।

टोलीले खानेपानीको ट्रिटमेन्ट पलान्ट, रिजर्भ ट्याङकी र पाइपलाइनको पनि अनुगमन गरेको छ । अनुगमनको क्रममा खानेपानीको ट्रिटमेन्ट पलान्ट, रिजर्भ ट्याङकी र मुहानको पानीको नमुना संकलन गरि परिक्षणको लागि धौलागिरी अस्पतालको ल्याबमा पठाएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिनुभयो ।

पछिल्लो समय बागलुङ नगरखानेपानी संस्थाले वैकल्पीक रुपमा वितरण गर्दै आएको बागलुङ नगरपालिका–३ रातामाटाको पानी वितरणमा रोक लगाएर भुदिखोला मुहानको पानी बजारमा वितरण गर्न थालिएको उहाँले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *