हस्पिटलको इमरजेन्सीमा उपचारका लागि आएका वृद्धमा कोरोना पुष्टि

 आदर्श अनलाइन, बागलुङ
पोखरा महानगरपालिकामा बिहीबार बिहान थप १ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान दोस्रो चरणमा सार्वजनिक गरेको विज्ञप्ति अनुसार पोखरा – १६  का ७६ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको  इमरजेन्सीमा उपचारका लागि आउनुभएका वृद्धमा  कोरोना देखिएको हो । कोरोना पुष्टि भए सँगै उहाँलाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *