पोखरामा बैंक, कन्सल्टेन्सी र मोबाइल पसलेसहित थप ११ जनामा संक्रमण

आदर्श अनलाइन, पोखरा
पोखराको महानगरमा शुक्रबार दिउसो थप ११ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार जारी गरेको तेस्रो चरणको विज्ञप्तिमा पोखराका  बैंक, कन्सल्टेन्सी र मोबाइल पसलकासहित थप ११ जनामा संक्रमण  पुष्टि भएको जनाएको छ ।

सङ्क्रमित हुनेमा पोखरा – २ का कामना विकास बैङ्कमा दीप शाखामा कार्यरत २५ वर्षीय पुरुष, पोखरा – ३ का  एभरेस्ट बैङ्क अमर सिंह चोक शाखामा कार्यरत २९ वर्षीय पुरुष, इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत पोखरा -१४ का ३५ वर्षीय पुरुष, पोखरा – ५ का औद्योगिक क्षेत्रमा कार्यरत ३३ वर्षीय पुरुष तथा  पोखरा वडा नं १ का मोबाइल पसलका सञ्चालक १८ वर्षीय पुरुष रहेको निदेशानालयले जनाएको छ ।

शुक्रबार दिउसो नै पोखरा -११ की ५६ वर्षीया महिला , पोखरा – १४ का २७ वर्षिय पुरुष, पोखरा १६ का  १५ र ३९ वर्षीय महिला तथा ३५ र ४९ वर्षका पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ  ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलका अनुसार यी व्यक्तिहरूमा  कनट्याक्ट ट्रेसिङका आधारमा गरिएको  पिसीआर परीक्षणमा कोरोना पोजेटिभ पाइएको हो । सङ्क्रमित सबैलाइ  आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रमुख पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *