गलकोट समाज नागोयाद्धारा सिरवारे प्राविमा ५० हजारको कोष

आदर्श अनलाइन,बागलुङ

गलकोट समाज नागोया क्षत्रिय समितिले बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्म स्थित दलित बालबालिका अध्ययनरत एक विद्यालयलाई ५० हजार सहयोग गरेको छ ।

हरितालिका तिज पर्वमा दर खुवाउने कार्यक्रमका लागि संस्थाका पदाधिकारी, सदस्य र शुभेच्छुकबाट संकलित ५० हजार रुपैयाँ कोरोना महामारीका कारण कार्यक्रम गर्ने अवस्था नभएकाले मल्म स्थित सिरवारे प्राथमिक बिद्यालयलाई प्रदान गरिएको हो ।

पूर्व निर्धारित कार्यक्रम भए पनि विश्वव्यापी रुपमा देखिएको कोरोनाका कारण तिजी कार्यक्रम गर्ने अवस्था नभएकाले सामाजिक परोपकारी सोचका साथ दलित बालबालिका अध्ययनरत गलकोटको बिद्यालयमा सहयोग गरिएको गलकोट समाज नागोयाका अध्यक्ष रामुकाजी थापाले आदर्श अनलाइनलाई बताए । ‘गलकोटबाट आएको दिदीबहिनीका लागि वर्षेनी आयोजना गरिने कार्यक्रम गर्ने अवस्था रहेन,’ अध्यक्ष थापाले भने, ‘कहाँ सहयोग गर्ने ? कसरी गर्ने ? भन्ने बिषयमा धेरै मन्थन भए पछि गलकोटकै दलित बालबालिका अध्ययनरत विद्यालयलाई रोजेका हौ ।’

विसं २०५३ सालमा खुलेको विद्यालय नेरफेरमा दलित बाहुल्य बस्ती छ । विद्यालयलाई पहिलो पटक अक्षय कोषका रुपमा सहयोग आएको प्रधानाध्यापक कल्पना गौतमले जानकारी दिइन् । “विद्यालयमा अहिलेसम्म कुनै कोष थिएन”, प्रअ गौतमले भनिन् , “जेहेन्दार बिद्यार्थीलाई पुरस्कृत गर्ने सोच छ, अहिले समस्यामा परेको विद्यालयलाई सहयोग गर्ने गलकोट समाज नागोया, यसमा लाग्ने सबै धन्यबादको पात्र हुनुहुन्छ ।”

उक्त रकम तत्काल बिद्यालयको अक्ष्य कोषको रुपमा राखिने र वर्षेनी जेहेन्दार विद्यार्थीलाई पुरस्कृत लगायतका कार्यमा खर्च गरिने कोष स्थापनामा बिशेष पहल र समन्वय गर्ने महिला जागरण केन्द्रकी अध्यक्ष एवम् महिला नेतृ ललिता थापाले जानकारी दिइन् ।

कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा १८ छात्रा र १३ जना छात्र छन् । विद्यालयमा स्थायी र राहत गरी दुई शिक्षकको दरबन्दी छ । अन्य शिक्षक÷कर्मचारीको खर्च स्थानीय स्रोतबाट धानिएको छ । प्रदेश सरकारको सहयोगमा गत वर्ष दुई र यो वर्ष पनि दुई कोठे भवन बनेको छ । विद्यालयलले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *