विप्लव नेतृत्वको नेकपा बागलुङ जिल्ला सदस्य चैतन्य पक्राउ

कृष्ण कंडेल, बागलुङ

विप्लव नेतृत्वको नेकपा बागलुङका जिल्ला सदस्य केशव न्युरे चैतन्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पार्टीको ताराखोला गाउँ जनपरिषद प्रमुख समेत रहेका निउरेलाई बिहिबार राति उनकै घरबाट प्रहरीले पक्राउ गरेको परिवारले जनाएको छ । निउरेको घर ताराखोला गाउँपालिका वडा नम्बर ५ मदमडाँडा हो ।

पार्टी जिल्ला सदस्य तथा गाउँ परिषद प्रमुख भए पनि पछिल्लो समय न्युरे पार्टी गतिविधिमा सक्रिय नभएको चर्चा थियो । बेलुका खाना खाएर घरमै बसेका बेला प्रहरी पोशाक बिना आएको प्रहरिले राती ८ बजे पक्रेर लगेको उनकी श्रीमती सरस्वती कंडेल न्युरेले जानकारी दिईन । उनले आफ्ना श्रीमान कुनै प्रतिबन्धित गतिविधिमा नलागेको र राजनीतिक आस्था राखेकै आधारमा प्रहरी प्रशासनले दुख दिएको भन्दै तत्काल रिहाई गर्ने वातावरण मिलाईदिन प्रशासन तथा अधिकारकर्मीसँग माग गरेकी छिन ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र रेग्मीले पनि पक्राउ गरेको पुष्टि गरे । विप्लव नेतृत्वको नेकपाको चन्दा संकलनमा सम्लग्न रहेको उजुरीका आधारमा पक्राउ गरिएको र अनुसन्धान जारी रहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *