सकियो सहकारी बैंकको वार्षिक योजना तथा बजेट तर्जुमा तालिम

आदर्श अनलाइन, ललितपुर
राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा सहभागी सहकारी संस्थाहरुका लागि सञ्चालित वार्षिक योजना तथा बजेट तर्जुमा सम्बन्धी २ दिने भर्चुअल तालिम शुक्रवार सम्पन्न भएको छ ।

बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम अन्तरगत CARE मा सहभागी संस्थाका सञ्चालक तथा प्रवन्धकहरुका लागि सचालित तालिममा सहकारी संस्थाहरुको वार्षिक योजना तथा बजेट निर्माण सम्बन्धमा सहजीकरण गरिएको थियो ।

तालिमका सहभागीहरुले योजना निर्माण तालिमपछि संस्थाको योजना निर्माण र कार्यान्वयनमा सहज हुने बताएका छन् । संस्थाले बनाएका योजनालाई थप प्रभावकारी र व्यवस्थित गराउन तालिम अत्यन्तै सहयोगी भएको सहभागीहरुको भनाई छ ।

तालिम समापनका क्रममा बोल्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि संस्थाहरुले योजना बनाएर काम गर्नु पर्ने र त्यसका लागि बैंकले सञ्चालन गरेको तालिम सहयोगी हुने बताउनुभयो । उहाँले संस्थाहरु कारोबारका आधारमा नभई योजना, कार्यक्रम र सुशासनका हिसावले प्रभावकारी हुनु पर्नेमा जोड दिनुभयो ।

तालिम समापनका क्रममा आदर्श सञ्चार सहकारी संस्था बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालन हुमा कुमारी जि.सी. (अञ्जु) ले सहकारीहरुलाई व्यवस्थित गराउनका लागि कोरोनाको संकटका समयमा पनि सहकारी बैंकले प्रविधिको प्रयोग गरेर तालिम सञ्चालन गरेको बताउनुभयो ।

तालिमको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी क्षेत्रलाई राज्यका सबै क्षेत्रमा प्रभावकारी भूमिका देखाउनका लागि वित्तीय क्षमतासंगै सुशासन र व्यवस्थापनमा जोड दिनुभयो ।

तालिममा बैंकका प्रशिक्षकहरु नवकुमार अधिकारी र सूर्य रिमालले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन तालिम अधिकृत नारायण बेलवासेले गर्नु भएको थियो ।

सहकारी बैंकले आफ्ना सदस्य सहकारी संघ संस्थाहरुको क्षमता विकाससंगै संस्थागत रुपमा सुशासनयुक्त बनाउनका लागि स्तरीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्तरीकरण कार्यक्रम अन्तरगत दोस्रो चरणको CARE कार्यक्रममा संलग्न ५० वटा सहकारी संस्थाका सञ्चालक र व्यवस्थापक गरी ७० जनाको तालिममा सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *