छिमेकीलाई दिदै आँफु पनि विषालु साग खाएका बिकद्वारा आत्महत्या !

डम्मर बुढा मगर, बागलुङ

आँफु पनि खाँदै छिमेकीलाई तरकारीको रुपमा प्रयोग गरिने साग दिएका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

काठेखोला गाउँपालिका वडा नम्बर ५ रिजाल चोकका ७८ वर्षीय रनबहादुर विक झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । जरिङ्गो जस्तो विषालु साग खाँदाको शारिरिक असर र आँफुले दिएको सागले छिमेकीमा गम्भीर बिरामी परेको कुराले मानसिक रुपमा आघात पुगेको निष्कर्षले यस्तो निर्णय लिएको हुन सक्ने डिएसपी रेग्मी बताउनुहुन्छ ।

गत विहीबार विहान बिकले जगंलबाट ल्याएको जरिङ्गो नामको साग आँफुले पनि खाएका थिए भने छिमेकीलाई पनि दिएका थिए । मृतक विकले दिएको साग खाँदा गम्भीर बिरामी परेका स्थानीय ३७ वर्षीया चिजा कँडेल, ७१ वर्षीया देउरुपा कँडेल, ३७ वर्षीय चुडामणी कँडेल र १७ वर्षीय सन्तोष कँडेलको गण्डकी शिक्षण अस्पताल पोखरा पठाइएको थियो । ।

बिरामीका दाजु गणेश कँडेलका अनुसार, चुडामणी कँडेलको आइसियुमा राखेर उपचार भैरहेको छ भने अन्यको अवस्था सामान्य बनेको छ ।

साग खाए बिरामी परेका चारै जना बेहोस भएपछि धैलागिरी अस्पताल ल्याइएको थियो । उनीहरुको बागलुङमा उपचार नभएपछि पोखरा पठाइएको थियो । मृतक बिकको शव पोष्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *