ट्राफिक प्रहरीद्वारा गण्डकी प्रदेशभरी ‘नमस्कार अभियान’ सुरु

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले हिजो आइतबारदेखि लागू हुने गरेर प्रदशभरी नै ‘नमस्कार अभियान’ सुरुआत गरेको छ । ट्राफिक प्रहरी र सवारीचालक तथा नागरिकसंगको सम्बन्ध सौहार्दतापूर्ण बनाउन, ट्राफिक प्रहरीको सेवा, प्रवाहलाई सभ्य तथा सुसंस्कृत बनाउन ‘नमस्ते अभियान’ को सुरुआत गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा कास्कीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

अभियान अन्तरगत अबबाट चेकपोस्ट, सीमा नाका, कार्यालयहरुमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी कर्मचारीहरुले सेवाग्राहीलाई नमस्कार गर्ने, तोकिएको कानुन अनुसारको काम सम्पादन गर्ने र अन्त्यमा धन्यवाद सहित पुनः नमस्कार गर्ने भएका छन् । यो अभियानले ट्राफिक प्रहरी तथा नागरिकबीचको सम्बन्ध तथा समन्वयलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको कार्कीले बताए ।

यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनको निरीक्षण गरेका छन् । निरीक्षण कार्यक्रममा बोल्दै उनले ट्राफिक प्रहरी कर्मचरीलाई विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बचेर काम गर्न आग्रह गरे । साथै विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसारका उपाए अवलम्बन गर्न उनले कार्यक्रममार्फत् ट्राफिक प्रहरी कर्मचारीलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *