स्याङ्जाका ४२ वटा क्वारेन्टाइन खाली

आदर्श अनलाइन,स्याङ्जा

देशभर कोरोनाको महामारी फैलिरहँदा स्याङ्जामा ४२ वटा क्वारेन्टाइन खाली भएका छन् । भारत र तेस्रो मुलुकबाट जिल्लाबासी आएपछि यहाँ राख्नका लागि ५२ वटा क्वारेन्टाइन स्थापना गरिएको थियो ।

यहाँका १० वटा पालिकामा १/१ वटा क्वारेन्टाइनस्थल छन् । भीरकोटमा १५ जना, कालिगण्डकीमा ११ जना, वालिङ र हरिनासमा ८/८ जना, पुतलीबजार र गल्याङमा ७/७ जना, बिरुवामा ६ जना, फेदिखोलामा ४ जना तथा अर्जुन चौपारी र आँधीखोलामा २/२ जना गरी क्वारेन्टाइनमा ७० जना रहेको प्रजिअ गंगाबहादुर क्षेत्रीले बताए ।

कोरोनाको सुुरुवातमा विद्यालयमा क्वारेन्टाइन बनाइएकोमा आउनेको संंख्या घटेसँगै पालिकाले सामुदायिक भवन तथा होटलमा क्वारेन्टाइन बनाएका छन् । भाटखोला, जिल्ला अस्पताल, कालिका अस्पताल, गल्याङ र चापाकोट अस्पतालको आइसोलेसन समेत खाली छन् ।

४ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षणमा ३ सय १० जना कोरोना पोजेटिभ देखिएकोमा ३ सय ३ जना निको भएर घर फर्केका छन् । कोरोनाका कारण २ जनाको निधन हुँदा वालिङमा ३ जना र करेन्डाँडामा २ जना आइसोलेसनमा छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *