नेपालमा कोरोनाबाट ४ वर्षिया बालिकासहित थप ११ जनाको मृत्यु

आदर्श अनलाइन, काठमाडौँ
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एक चार वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक ४ वर्षिया बालिका र १० जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

पर्सामा ३ तथा काठमाडौं र महोत्तरीमा २—२ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । पर्सामा ५३, ८० र ६० वर्षिय पुरुषको मृत्यु भएको हो । यस्तै महोत्तरीमा ४ वर्षिया बालिका र ३७ पुरुष तथा काठमाडौंमा काठमाडौं ७० र ३५ वर्षिय पुरुषको मृत्यु भएको हो । यसैगरी सिरहामा ६५ वर्षिय, बारामा ६० वर्षिय, चितवन ५२ वर्षिय र मकवानपुर ५८ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।

आज  नेपालमा १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा संक्रमण देखिएको छ । पीसीआर विधिबाट १२ हजार ८८ वटा परीक्षण भएकोमा आज ३ सय ४४ महिला र ७ सय २५ पुरुषमा संक्रमण देखिएको हो । देशभरी आजसम्म ४० हजार ५ सय २९ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमित १८ हजार १ सय १२ जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार २ सय ८६, प्रदेश नम्बर २ मा १ हजार ५ सय १६, बागमती प्रदेशमा ४ हजार ९ सय ६ र गण्डकी प्रदेशमा ५ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९३, कर्णाली प्रदेशमा ३ सय ५९ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९७ जना गरी संस्थागत आइसोलेसनमा १० हजार ८ सय ३२ जना उपचाररत रहेका छन ।

नेपालमा  २२ हजार १ सय ७८ जना संक्रमण मुक्त भएका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *