बागलुङमा विद्युत नियमित नहुँदा बागलुङबासी हैरानी

आदर्श अनलाइन बागलुङ
बागलुङमा विद्युत नियमित संचालन नहुँदा बजारबासी आजित भएका छन् ।

दैनिक दर्जनभन्दा बढि विद्युत आउने जाने गर्दा बजारबासी हैरानी भएका हन् । बिहानदेखि रातिसम्म पनि विद्युत नियमित नहुँदा नागरिकहरुले गुनासो गर्न थालेका छन् ।

विद्युत छिनछिनमा आउने जाने गर्दा विद्युतीय सामग्रीहरु बिग्रीनु साथै विद्युतबाट गर्ने कामसै ठप्प हुने गरेको होल व्यावसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो ।

राजभण्डारीले दैनिक यसरी विद्युत नियमति नहुँदा दैनिक क्रियाकलामा समस्या भएको भन्दै यस समस्याको सम्बिन्धत निकायले समाधन गर्न आग्रह गर्नुभयो ।

विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशालीले प्रशारण लाइनको कुश्मा सवस्टेशनमा समस्या आएको र मर्मत गर्न थालेको हुँदा नियमित हुन नसकेको बताउनुभयो ।

‘धौलागिरीका सबै जिल्लाको लाइन एउटै हो, पर्वतमा समस्या आयो भने सबै ठाउँमा विद्युत जान्छ,’ उहाँले भन्नुभयो ‘यो बागलुङ समस्या होइन कुश्मा सव स्टेशनमा समस्या आएका कारण नियमित प्रशारण हुन सकेको छैन ।’
बिग्रीने

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *