मुक्तिनाथ वेदविद्याश्रम विव्यसले भन्यो-सँस्कृत पढ्न भेदभाव छैन

आदर्श अनलाइन,बागलुङ

बागलुङ नगरपालिका–४ कुँडुले फेदी स्थित श्री मुक्तिनाथ वेद विद्याश्रम आधारभुत बिद्यालयले पछिल्लो बिवादका बिषयमा संस्कृत पढ्न चाहने कसैलाई पनि कुनै किसिमको भेदभाव नगरिएको दाबी गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहदेव राजभण्डारीले प्रकाशित गरेको बिज्ञप्तीमा केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको बिषय भ्रमात्मक रहेको जिकिर गर्दै संस्कृत विषय पढ्न कुनै भेदभाव नरहेको उल्लेख छ ।

बिज्ञप्तीमा विद्यालयले कुनै जाति, धर्म, परम्परा र संस्कृति विशेषको पक्षपाती नभई कुनै पनि विषय र विधा पढ्न पाउने बालबालिकाको मौलिक हकको उच्च सम्मान गर्ने जनाइएको छ । अहिलेसम्म कसैलाई पनि पढ्ने अधिकारबाट वञ्चित नगरिएको र यसको स्वतन्त्र अध्ययन र अनुगमनका लागि खुला आह्वान गरिएको छ ।

यो संस्कृत विद्यालय सबै समुदायको सहयोगले चलेको र संस्कृत पढ्न जुनसुकै धर्मावलम्बी र जातिकालाई खुला रहेको अध्यक्ष राजभण्डारीले बताउनुभएको छ । कुँडुले निवासी चन्द्रकान्त पौडेलले संस्कृत अध्यापनमा जातीय विभेद भएको बताए पछि अहिले वेदविद्याश्रम बिवादमा मुछिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *