बाढी पीडितलाई राहत वितरण


–आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेसका नेताहरुले बागलुङ ढोरपाटनका बाढी पीडितहरुलाई राहत वितरण गरेका छन् । नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति दोर्ण कुँवर, महाधिवेसन प्रतिनिधि जीत शेरचन, नेपाली काँग्रेस तरुण विभागका केन्द्रीय सदस्य अर्जुन शेरचन र नेपाल तरुणदल बागलुङका कोषाध्यक्ष देबेन्द्र घर्तीले ढोरपाटनका बाढी पहिरो पीडितका लागि बिहीबार राहत पुराएका हुन् ।

उनीहरुले बाढी पहिरोबाट पीडित बनेका ७१ परिवारलाई प्रतिपरिवार एक/एक बोरा चामल, दुई/दुई किलो दाल, एक/एक किलो नुन तथा एक/एक पोका तेल राहत उपलब्ध गराएका हुन् । घरबार बिहीन भएका ४० परिवारका लागि त्रिपाल समेत वितरण गरेका नेपाली काँग्रेस क्षेत्रीय सभापति दोर्ण कुमार कुँवरले जानकारी दिनुभयो ।

उक्त अवसरमा ५१ परिवारलाई प्रति परिवार एक÷एक हजारका दरले नगद पनि वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *