गण्डकीमा एकै दिन ४४ मा कोरोना,बागलुङका ३ जनामा संक्रमण पुष्टि

आदर्श अनलाइन,बागलुङ

गण्डकी प्रदेशमा शनिवार ठुलो संख्यामा नयाँ संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमित संख्या २४ सय ४७ पुगेको छ ।

बागलुङ जिल्लामा तीन जना संक्रमित थपिएका छन् । जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर १ का २६ बर्षिया महिला, बडिगाड गाउँपालिका १ का २७ बर्षिय पुरुष र बागलुङ नगरपालिका २ का २९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए । संक्रमित पुष्टि भएका हरु सबै संक्रमितको प्रत्यक्ष सम्पर्कमा भएकाहरु रहेको उनले बताए ।

बानपा २ का संक्रमण पुष्टि भएका नेपाल प्रहरी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनी काठमाण्डौंबाट हालै तालिम सकेर आएको र प्रहरीकै क्वारेन्टिनमा बस्दै आएका थिए । उनलाई धौलागिरी बहिरा स्कुलमा रहेको आइसोलेसनमा लैजाने तयारी रहेको डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *