लोकप्रिय कलाकार कार्की, अधिकारी र पोखरेलको चाडवाड दर्शक समक्ष

आदर्श अनलाइन,

लोकप्रिय कलाकार राजन कार्की, समिक्षा अधिकारी र निश्मा पोखरेलको आवाज रहेको चाडबाड केन्द्रित गीत दर्शक श्रोता समक्ष ल्याइएको छ ।

यसै साता कलाकार कार्कीको युट्युव च्यानलबाट सार्वजनिक भएको गीत १ लाख बढी पटक हेरिसकिएको छ । सागर लामाको शव्द तथा संगीत रहेको गीतको भिडियो पनि दर्शक श्रोताले रुचाएका छन् । युट्युवमा ९ सय बढी दर्शकले नेपाली समाजको यथार्थ चित्रण गर्न सफल गीत भनेर टिप्पणी गरेका छन् ।

गीतबाट राम्रै प्रतिक्रिया पाएको कलाकार कार्कीले आदर्श अनलाइनलाई बताए । यो गीतको शव्द, लय र गायन निकै मर्मस्पर्शी पाइएको छ ।

श्रीमान
उमेर बित्दै गएसी थाहा पाउला
धन त पाउला, जवानी कहाँ पाउला
चाडबाडमा
तिमी नै बोले झै लाउँछ आडमा

श्रीमती
सधै रुन्छु, झलिको लाएर
मलाई अत्यास, लाग्दैन होला र
चाडबाडमा
तिमी नै बोले झै लाउँछ आडमा

छोरीः
को छ त नि हाम्रो पिर लिने
चाडबाड आउँदा साह्रै मन आत्तिने
चाडबाडमा
कोही छैन हे बाबा हाम्रो आडमा

नेत्र गुरुले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा गायक कार्की, शर्मिला अधिकारी, दिपिका क्षत्री, भरत सुनार, कृष्ण बिक, समिर गायक लगायतको अभिनय छ ।

यो पनि पढ्नुहोस्

लोकप्रिय कलाकार कार्की, अधिकारी र पोखरेलको चाडवाड दर्शक समक्ष

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *