लोकप्रिय गायक बिष्णु खत्रीले ल्याए रिनै रिनको हृदयस्पर्शी गीत (भिडियो सहित)

आदर्श अनलाइन, बागलुङ

लोकप्रिय कलाकार बिष्णु खत्रीले दशैं लक्षित गीत सार्वजनिक गरेका छन् ।

गायक खत्रीको आफ्नै युट्युव च्यानलबाट आइतवार सार्वजनिक भएको रिनै रिनको गीतको म्युजिक भिडियो पनि मर्मस्पर्शी देखिन्छ ।

नेपालको समाजको बर्षौदेखिको रेमिट्यान्समा बाँच्नुपर्ने बिवशतालाई जिवन्त ढंगले गायन र भिडियो मार्फत प्रस्तुत गरिएको छ । गीत मात्रै सुन्दा पनि मन बहलाउँछ । भिडियो हेर्दा अझ भावुक तुल्याउँछ । उसो त खत्रीका यसअघिका भरिया दाइ, किसानी दाइ, कि शास चाहियो, कि लास चाहियो जस्ता दर्जनौ गीतहरु पनि सामाजिक यथार्थता सँगै जोडिएर आएका छन् ।

नेपाली लोक संगीतमा लामो समय चर्चाको शिखरमा रहेका गायक खत्रीले कोरोना संकटका बीच नेपालीको बाध्यतालाई दर्शक श्रोता माझ ल्याएको आदर्श अनलाइनलाई बताए । खत्री यस्ता कलाकार हुन्, जसले आफ्ना सबैजसो गीतमा शव्द, संगीत र आवाज आफै कुशलतापूर्वक प्रस्तुत गर्ने सामथ्र्य राख्छन् ।

यो गीतमा शव्द पनि उत्तिकै हृदयस्पर्शी छ ।

आकाशबाट बाकसमा नआए
ढोका खोल भन्नेछु म आए

बाउत बने बाउ जस्तो भैन म
हेर्नै छोडे आफ्नो मुख ऐनामा
रिनै रिनको

गायक खत्री र गायिका पूर्णकला बिसीको आवाजमा रहेको गीतको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका छन् । यसमा मोडेल सारिका केसी र ओवी रायमाझीको अभिनय छ ।

चर्चित गायक बद्रि पंगेनीले पनि गीतको म्युजिक भिडियो शेयर गर्दै नेपाली समाजको यथार्थपरक गीत भएको उल्लेख गरेका छन् । गरिबको गीत, समाजको गीत, न्याय र समानताको गीत अनि माया र मायालुको गीत गाउने जनप्रिय कलाकार खत्रीको गीत मर्मस्पर्शी र भावुक तुल्याउने खालको भएकाले बिदेशमा रहनुहुने दाजुभाइ दिदिबहिनीले एक्लै बसेर नसुन्न समेत आग्रह गरेका छन् । गीतको भिडियो लिंक तल छ ।

यो पनि पढ्नुहोस्

लोकप्रिय गायक बिष्णु खत्रीले ल्याए रिनै रिनको हृदयस्पर्शी गीत (भिडियो सहित)

  1. आहा क्या मिठो एकदमै समय सान्दर्भिक गीत म जस्तो लाखौं प्रदेशिको पिडामा आधारित बिष्णु खत्री दाइको लय शब्द अनि त्यो मिठो आवाजमा सजिएको यो दशै गीतले मनै रुवायो

Comments are closed.