ढोरपाटनका बाढी पीडितलाई राष्ट्रिय जनमोर्चा बागलुङको सहयोग

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय जनमोर्चा बागलुङले ढोरपाटन बोबाङमा बाढी पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ ।

भाद्र १७ गते राति ढोरपाटन देउराली जंगलबाट झरेको पहिरोले बोबाङमा रहेका बस्ती बगाउँदा ज्यान गुमाएका परिवार, वेपत्ता तथा विस्थापित परिवारलाई पार्टीको विपद कोषबाट आर्थिक सहयोग गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेलले जानाकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमरबहादुर थापाको नेतृत्वमा बोबाङ पुगेको जिल्ला स्तरिय टीमले पीडित परिवारको घर घरमै पुगेर आर्थिक सहयोग गरेको सचिव पोखरेलले बताउनुभयो । जनमोर्चाले मृतक परिवारका लागि प्रति परिवार पाँच हजार तथा विस्थापित परिवारका लागि प्रति परिवार दुई हजारका दरले राहत हस्तान्तरण गरेको छ ।

जस अनुसार, मृतक २१ घर परिवारमा १ लाख ५ हजार तथा विस्थापित ७५ परिवारमा १ लाख ५० हजार गरी कुल २ लाख ५५ हजार रुपैयाँ वितरण गरेको जनाएको छ ।

‘अहिलेको तथ्याँकका आधारमा यसरी राहत वितरण गरिएको हो, मृतक र विस्थापित परिवार सँख्या थपिन सक्ने भएकाले नगरपालिकाको तथ्याँकका आधारमा पार्टीले थप राहत रकम प्रदान गर्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष थापाले बताउनुभयो । पीडितको पीडामा सामान्य भएपनि मलम लगाउन पार्टी केन्द्र र जिल्लाले तयार पारेको विपद् कोषबाट राहत प्रदान गरेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *