गोरखामा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

आदर्श अनलाइन, बागलुङ 
गोरखामा उपचारको क्रममा  मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

गोरखा नगरपालिका-७ की  ७६ बर्षीय मृत महिलामा कोभिड-१९ को संक्रमण पुष्टि भएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुबेदीले जानकारी  दिनुभयो ।

शनिबार अचेत अवस्ठामा गोरखा अस्पतालको आइसीयुमा  उपचारको लागि ल्याइएकोमा  उपचारको  क्रममा मृत  घोषणा गरिएकी महिलामा  नमुना परिक्षण गर्दा पोजेटिभ आएको निमित्त निर्देशक  सुबेदीले जनाउनुभयो ।

यस सँगै  गण्डकी प्रदेशमा कोभिड – १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।}

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *