गण्डकी प्रदेशमा आज ६७ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा आइतवार विहान ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालमा भएको परीक्षणमा कास्कीका ३१ जना, नलपुरका १५ जना, गोरखाका १८ जना र तनहुँका ३ जना गरी ६७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरामा २२ जना महिला र ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये पोखरा फूड्स प्रालिमा कार्यरत २५ जना कर्मचारी रहेका छन् भने दुई जना पोखराको मेडीसिटी अस्पतालमा उपचाररत २ जना विरामी हुन् । २ जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् भने दुई जना महिला सहयोगि कर्मचारी हुन् ।

यो सगँ गण्डकी प्रदेशमा २ हजार ५ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकीमा अहिले सम्म १ हजार ७ सय ८५ जनामा निको भएर घर फर्किएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *