लक्ष्मी बैंकद्धारा बाढि पीडितलाई आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङ
ढोरपाटन नगरपालिका ५,६,७ ,८ र ९ मा गत भाद्र १७ गते राती भुजी खोलामा गएको बाढि कारण घर परिवार गुमाएका पीडित परिवारलाइ राहत र उद्धारका लागि लक्ष्मी बैंकले आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका परिवारलाई राहत स्वरुप रु पचास हजार आफ्नो बुर्तिबाङ्ग शाखा मार्फत प्रदान गरेको हो ।

बैंकले उक्त रकम नगरपालिकाको “दैबी प्रकोप राहत कोषमा ” मा जम्मा हुने गरि नगरपालिकालाइ चेक हस्तान्तरण गरेको हो । बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बिगतदेखि नै निभाउदै आएका छ ।

देशभरि नै विभिन्न समयमा दुख पिडामा परेका नागरिकलाइ सहयोग गर्दै आएको बैकले जनाएको छ । बैंकले हाल देशभरी १२१ शाखा, ७ एक्सटेन्स्न काउन्टर , ४ हस्पिटल सेवा काउन्टर र १५१ ATM मार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *