तमानखोलामा चार स्वास्थ्यकर्मी सहित ९ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन,बागलुङ

जिल्ला सदरमुकामको समुदाय स्तरमा फैलिएको कोरोना संक्रमणको जोखिम कम हुँदै गए पनि दुरको तमानखोला गाउँपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गएको छ ।

मंगलबार मात्रै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये चार जना स्वास्थ्यकर्मी हुन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा तमानखोला गाउँपालिकाका ६ जना महिला र ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले जानकारी दिए । उनका अनुसार, तमानखोला गाउँपालिका वडा नम्बर १ का ३८ बर्षिय पुरुष, ४० बर्षिय पुरुष, २३ बर्षिय महिला, २९ बर्षिय महिला, २२ बर्षिय महिला, २८ बर्षिय महिला, वडा नम्बर २ का १८ बर्षिय महिला, वडा नम्बर ५ का ३० बर्षिय महिला र वडा नम्बर ८ की १९ बर्षिय पुरुषाई कोरोना संक्रमण पुष्टि भएको छ । ।

गत भाद्र १४ गते तमानखोला गाउँपालिका–२ की एक स्वास्थ्यकर्मी र एक व्यवसायी महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट १ सय १९ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा ९ जनामा संक्रमण देखिएको गुरौले बताए ।

संक्रमितलाई जिल्लाको पश्चिममै रहेको बुर्तिबाङ प्राथमिक केन्द्रको आइसोलेसनमा ल्याउने तयारी छ । जिल्लामा हाल सम्म कोरोना संक्रमितको संख्या ३ सय ८ जना पुगेको छ । जसमा २ सय ७२ जना निको भइसकेका छन् भने २६ जना आइसोलेसनमा छन् । एक जना युवकको मृत्यु भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *