हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत करणी कसुरमा पक्राउ

आदर्श अनलाइन, पोखरा

हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत वामदेव सुवेदी करणीसम्बन्धी कसुरमा पक्राउ परेका छन् ।

अस्पतालकै २ जना महिला कर्मचारीले उनी विरुद्ध करणीसम्बन्धी कसुरमा जाहेरी दिएपछि मंगलबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

लेखा अधिकृत सुवेदीबाट पटकपटक यौन शोषण भएको भन्दै अस्पतालकी महिला कर्मचारीले भदौ १७ गते अस्पतालकै कर्मचारी युनियनमा कारबाहीको माग गर्दै निवेदन दिएकी थिइन् ।

अस्पताल समितिमा उक्त उजुरी पुगेपछि भदौ १९ गते राति नै बैठकबाट लेखा अधिकृतबाट सुवेदीलाई निलम्बन गरिएको थियो । महिलाले प्रहरीकहाँ लिखित जाहेरी भने दिएकी थिइनन् । मंगलबार प्रहरीकहाँ उनीसहित अर्की १ महिलाले सुवेदीविरुद्ध जाहेरी दिएको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *