स्थानीयको जनश्रमदानबाट वालिङमा बाटो ढलान

आदर्श अनलाइन, स्याङ्जा
कारोनाको महामारीका बीचमा पनि स्थानीय विकास निर्माणमा जुटेका छन् । कोरोना संक्रमणका कारण गाउँघरतिरै रहेका युवाहरु तथा सिंगो गाउँ नै ‘आँफ्नो गाउँ आँफै बनाउँ’ मा जुटेका हुन् । वालिङ नगरपालिका १३ स्थित बोधीभञ्ज्याङ्का स्थानीय बाटो निर्माणमा जुटेका छन् । गाउँघरमा हिड्डुल गर्न तथा तलमाथि गर्न समेत समस्या भएपछि स्थानीयले वडा कार्यालयको सहयोगमा बाटो निर्माणमा लागेका हुन् ।

गाउँलेहरुले २२ दिन देखि श्रमदान गरेर करिब ४ सय मिटर बाटो ढलान गरिसकेका छन् भने ८ सय मिटर बाटो निर्माण गर्ने योजनामा रहेको बाटो निर्माण समितिका अध्यक्ष अर्पण थापाले बताउनुभयो । वडा कार्यालयले बाटो निर्माणको लागि आवश्यक पर्ने सिमन्ट उपलब्ध गराएपछि गाउँलेहरु थप उत्साहित भएर बिहानै देखि साँझ सम्म काममा कस्सिएका छन् ।

गाउँलेहरु विरामी हुँदा एम्बुलेन्स र अटो रिक्सा आवात जावत गर्न मिल्ने गरी आफूहरु बाटो निर्माणमा जुटेको स्थानीय जगबहादुर थापाले बताउनुभयो । वडाले सडक ढलानका लागी आवश्यक सिमेन्ट उपलब्ध गराएको छ भने अन्य बालुवा, गिटी समेत स्थानीयले नै जुटाएका छन् ।
स्थानीय बासिन्दा हरेकले आ–आफ्नो क्षमता अनुसारको काम गरेको वडा सदस्य अनरुद्र गैह्रेले बताउनुभयो । गैह्रेले भन्नुभयो, ‘गाउँलेहरुले ढुङ्गा बोक्ने देखि लिएर सोलीङ गर्नुका साथै मसला बनाउने लगायत सबै काममा आफै गर्नुभएको छ । बाटो निर्माणमा महिला, बालबालिका तथा बृद्ध समेत उत्साहित हुनुहुन्छ ।’

बाटो निर्माणमा स्थानीयको सक्रियता निकै नमुना योग्य भएको वडा अध्यक्ष आनन्द पाठकले बताउनुभयो । अध्यक्ष पाठकले भन्नुभयो, “वडा कार्यालयको तर्फबाट आवश्यक पर्ने सिमेन्ट उपलब्ध गराउने र स्थानीय बासिन्दाले श्रमदान गरेर बाटो निर्माण गर्ने गरि काम भइरहेको छ ।” वडा कार्यालयको करिब ३ लाख सहयोगले १० लाख बराबरको काम सम्मन्न हुने अध्यक्ष पाठकको अनुमान छ । अध्यक्ष पाठकले भन्नुभयो, ‘स्थानीयले आफ्नो गाउँ आँफै बनाउँ भन्ने भावनाका साथ अगाडि बढेको देख्दा जनप्रतिनिधिलाई अझ जिम्मेवारी बोध बनाएको छ । काम गर्ने उर्जा मिलेको छ । ’

वडा भित्रका भित्रि बाटोहरुको संरक्षण र सुधार गर्ने कार्यक्रम अनुसार बोधीभञ्ज्याङमा बाटो निर्माण गरिएको र यो कार्य वडाको सबै टोलमा आवश्यकता अनुसार विस्तार गरिने अध्यक्ष पाठक बताउनुभयो । स्थानीयको सक्रियतामा निर्माण भएको बाटोले त्यहाँका दुई शिक्षालयका विद्यार्थी एवं शिक्षकहरुले समेत सहज रुपमा यात्रा गर्न पाउनेछन् भने स्थानीयलाई विषेश टेवा पुग्नेछ । स्थानीयले ८ सय मिटर बाटो ढलान गर्ने लक्ष्य लिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *