मूलपानी माध्यामिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

आर्दश अनलाईन, बागलुङ
कोरोना कहरका बिच मूलपानी माध्यामिक विद्यालयले ६३ औ वार्षीक उत्सव बिहीबार सम्पन्न गरेको छ । विद्यालयले हरेक वर्ष विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाउँदै आएको भएपनि यो वर्ष कोरोना महामारीले गर्दा सामाजीक दुरी कायम गरेर सामान्य रुपमा वार्षिकोत्सव सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक चुडामणी सुवेदीले जानकारी दिनुभयो ।

वार्षिकोत्सवको अवसरमा बानपा– ७ का वडा अध्यक्ष खगराज पाण्डेले कोरोना महामारीको विच विद्यार्थी र शिक्षकहरुलाई क्रियाशिल बनाउन तर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको थियो । विद्यालय सञ्चाल भएको र विद्यालय समयमा मात्र नभएर जहाँ जस्तो अवस्थामा रहे पनि विद्यालयलाई नमुना बनाउन सबैलो सोच्नुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक मेघराज पाण्डे, बागलुङ नगरापलिकाका नगर सदस्य रेवती किसान, छात्रा वृद्धि तर्फ संस्थापकबाट खिमबहादुर के.सी, विद्यार्थी प्रेरणा किसानले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चुडामणी सुवेदीले आर्थीक र शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

वार्षिकोत्सव कार्यक्रमको अध्यक्षता विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष पिङगलराज गौतमको अध्यक्षता, शिक्षक नारायण प्रसाद गौतमको स्वागत र शिक्षक नेत्रराज शिलवालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *