गण्डकी प्रदेशमा आज थप ३४ मा कोरोना पुष्टि

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३४ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ सय ६४ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ३४ जना संक्रमित पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपरासीमा १२ जना, कास्की १२, स्यांजा २, तनहुँका १ जना, लमजुमा २ जना पुष्टि भएको छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना, तनहुँका १ जना र स्याङ्जा जिल्ला पुतलीबजार(१ का ४० बर्षीय १ जना गरि ४ जना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परिक्षणको लागि आउनु भएको थियो । कास्की जिल्ला पोखरा महानगरपालिकाका ३२ बर्षीय पुरुष मेट्रोसिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ भने ३५ बर्षीय महिला उपचारका लागि सोही अस्पतालमा आउनुभएको हो । लमजुङ जिल्ला, बेशीसहरका २३ बर्षीय महिला लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ । अन्य सबै संक्रमितको सम्पर्कमा आएकाहरु रहेको छने । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *