बोबाङका बाढी पीडितलाई नर्वेमा रहेका युवाको सहयोग

आदर्श अनलाइन, बागलुङ
नर्वेमा रहेका नेपालीहरुले बोबाङका बाढी पीडितहरुको लागि खाद्यान्न उपलब्ध गराएका छन् ।
बाढीमा परी घर परिवा गुमाएकाहरुको पीडितका लागि नर्वेमा सङ्कलित रकमबाट खरिद गरिएको खाद्यान्न नगरपालिका मातहतमा उपलब्ध गराइएको हो ।

राहत वितरणको लागि नेपाल प्रतिनीधि सुरेन्द्र पुन मगरले सहजिकरण गर्नुभएको थियो । पीडितलाई ८० बोरा चामल, ८० किलो नुन, ८० लिटर खानेतेल र ८० क्यारेट अण्डा गरी झण्डै १ लाख ७५ हजार बराबरको खाद्यान्न उपलब्ध गराएको पुनले बताउनुभयो ।

हाल नर्वेमा रहनुभएका ढोरपाटन नगरपालिका—५ का शेखर पुन मगर र ढोरपाटन नगरपालिका—४ का मानबहादुर अर्गेजाको सक्रियतामा करिब २ लाख रुपैयाँ संकलन भएको थियो । सो रकमबाट खाद्यान्न खरिद गरि बाँकी बसेको रकम बाढीबाट अभिभावक गुमाएका अनाथ बालबच्चाको लागि उपलब्ध गराइने पुनमगरले बताउनुभयो ।

आफ्नै क्षेत्रमा बाढीले ठूलो मात्रामा धनजनको क्षती पु¥याएको खबरले आफुहरुलाई निकै दुख पुगेको र यो विपतको घडीमा आफुले सकेसम्म सहयोग गर्नु आफुहरुको कर्तव्य भएको नर्वेबाट उहाँहरुको सन्देश छ ।

अहिले देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले बोबाङ बाढी पीडितहरुको लागि भन्दै नगपालिका मातहतमा राहत उपलब्ध गराइरहेका छन् । उपलब्ध खाद्यान्नलाई सडक मर्मतकार्य पुरा भएपछि वास्तविक बाढी पीडित कहाँ उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *