लमजुङका कोरोना संक्रमित मध्ये धेरै बेसीशहर नगरपालिकाका

लमजुङ : लमजुङमा हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये धेरै संक्रमितहरु बेसीशहर नगरपालिकाका रहेका छन् ।

जिल्लामा हालसम्म ५५ जना महिला र २ सय २३ पुरुष गरी २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्ये एक सय एक जना बेसीशहर नगरपालिकाका रहेका छन् ।

क्वीक रेसपोन्स टिमका अनुसार जिल्लामा हालसम्म संक्रमण पुष्टि भएका मध्ये ६३ जना जिल्ला बाहिरका रहेका छन । जसमा ३ जना महिला र ६० जना पुरुष रहेका छन् ।

बढीमा मात्रामा कन्ट्रयाक्ट ट्रेसिङ र करेन्टाइनमा रहेका व्यक्तिमा पिसिआर परिक्षा गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताए ।

प्रजिअ शर्माले पछिल्लो समय संक्रमितको संख्या केहि बढेपनि जिल्लामा हालसम्म समुदाय स्तरमा कोरोना संक्रमण नफैलिएकाले नआत्तिन र स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालन गर्न उनले जिल्लाबासीलाई आग्रह समेत गरेका छन् ।

जिल्लाका कोरोना संक्रमीत मध्ये अधिकांश नेपाल प्रहरी र नेपाली सेनामा कार्यरत कर्मचारी रहेका छन् । संक्रमण हुनेमा अन्य स्थानिय तह अन्र्तगत राइनास नगरपालिकाका ६ महिला र २३ पुरुष गरी २९ जना, सुन्दरवजार नगरपालिकाका ४ महिला र २१ पुरुष गरी २५ जना, मध्यनेपाल नगरपालिकामा १ महिला र २४ पुरुष गरी २५ जना रहेका छन् ।

यस्तै मस्र्याङदी गाउँपालिकाका २ महिला र ९ पुरुष गरी ११ जना, दोर्दी गाउँपालिकाका नौ जना पुरुष र दुधपोखरी गाउँपालिकाका ८ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

क्होलासोँथार गाउँपालिका अन्र्तगत भने हालसम्म एक महिला र ६ पुरुष गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्याङ्कले देखाएको छ ।

जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ५५ महिला र २२३ जना पुरुष गरी २७८ जना पुगेको छ ।

त्यस्तै, ९ जना महिला र १११ जना पुरुष गरी १२० जनाले कोरोना जितेका छन् भने,४६ जना महिला र ११२ जना पुरुष गरी १५८ जना कोरोना संक्रमित उपचारत रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *