शेयर सदस्यलाई राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
सहज बचत तथा ऋण सहकारी संस्थाले घरमा क्षति पुगेका संस्थाका शेयर सदस्यलाई शनिबार राहत रकम हस्तान्तरण गरेको छ ।

सहकारी संस्थाले शेयर सदस्य टंक नाथ आचार्य, मनरुपा आचार्य र केशव आचार्यको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । टंकनाथ आचार्यको घर गत साउनमा अविरल वर्षातका कारण भत्किएको छ ।

घर भत्केपछि गोठमा बस्दै आएका आचार्यको परिवारलाई संस्थाले राहत स्वरुप रु। पाँच हजार रकम हस्तान्तरण गर्नुभएको संस्थाका अध्यक्ष पुष्प गिरीले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष गिरी सहित सचिव हर्क बहादुर नाईसा र प्रबन्धक टिकाराम सापकोटाले घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *