प्रजिअ टोलीद्वारा कारागार अनुगमन, सतर्कता अपनाउन निर्देशन

आदर्श अनलाइन, बागलुङ
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको टोलीले जिल्ला कारागार बागलुङको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा कैदीबन्दीहरुले स्थान अभावको कारणले सामाजिक दूरी कायम गर्न नसकेको, कैदीबन्दी धेरै ठाउँ साँघुरो हुँदा उकुसमुकुस भएर बस्नु पर्ने अवस्था भएको पर्याप्त स्वास्थ्य सामग्रीहरु नभएको गुनासो गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले अन्य जिल्लाबाट स्थान्तरण भइ आउने, अस्पताल उपचार गराइ आइसकेपछि नयाँ भवनको एक कोठामा क्वारेन्टिन बनाएर राख्ने लागि व्यवस्थापन गर्ने बताउनुभयो ।

उहाँले बाहिरबाट आएका कैदीबन्दीलाई पिसीआर परिक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै सबैलाई एकै ठाउँमा राख्ने र पोजेटिभ आए नयाँ भवनको एउटा कोठामा प्रि–आइशोलेसन निर्माण गरि व्यवस्थापन गर्ने बताउनुभयो ।

कैदी बन्दीसँग बाह्य भेटघाटलाई नियन्त्रण गर्ने, कैनदीबन्दीलाई अदालत, अस्पताल लैजाँदा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पीपीई, माक्स, ग्लोभप्स लगाउने एवमं समाजिक दूरी कायम गर्ने लगायतका विषयमा निर्देशन दिनुभयो ।

अनुगमनमा राष्ट्रिय अनुसन्धान बागलुङका उप–अनुसन्धान नर्देशक नरेन्द्रराज गिरी, शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङका नरेश कुमार गुरुङ लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *