ताराखोलामा १ दिने परिवार नियोजन शिविर

आदर्श अनलाइन, बागलुङ
ताराखोलामा १ दिने परिवार नियोजन शिविर सम्पन्न भएको छ ।

ताराखोला स्वास्थ्य चौकीको आयोजना, ताराखोला गाँउपालिका स्वास्थ्य शाखाको संयोजन तथा मेरि स्टोप (सुनौलो परिवार नेपाल) बागलुङको आर्थिक तथा प्राबिधिक सहयोगमा परिवार नियोजन शिविर सम्पन्न भएको हो ।

परिवार नियोजनको अस्थाई साधन आयुसिडि तथा ईमप्लान्टको आवश्यकता, फाईदा तथा बेफाईदा बारे मेरिस्टोप नेपाल, बागलुङकी अनमी शोभा काउचाले प्रकाश पार्नुभएको थियो ।

परिवार नियोजनको अस्थाई साधन आयुसिडि तथा ईमप्लान्ट सेवा प्रदान गर्न आयोजित शिबिरमा ताराखोला गाँउपालिाका वडा नम्वर ४ र ५ का ४१ जना महिलाले सेवा लिएको ताराखोला स्वास्थ्य चौकीले जनाएको छ । 

शिविर ताराखोला स्वास्थ्य चौकीकी ईन्चार्ज तनमती घर्तिको अध्यक्षता, अहेब निर्मला घर्तिको संचलनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *