नेपाल प्रहरीको दंगा नियन्त्रण गण तनहुँ परिसरमा वृक्षारोण

आदर्श अनलाईन, बागलुङ
नेपाल प्रहरीको तनहुँ स्थित दंगा नियन्त्रण गण परिसरमा विभिन्न जातका तीन सय भन्दा बढी वृक्षारोण गरिएको छ ।

नेपाल प्रहरीको नवीनतम सुरुवात कार्यक्रम अन्तरगत भर्खरै सो गणमा पोष्टिङ भएर आएका एसपी दयानिधि ज्ञवालीले सो कार्यक्रमको आयोजना गरेका हुन् ।

प्रहरी गण परिसर मै गरिएको वृक्षारोपणमा अधिकांश विरुवा फलफुलका छन् । सो कार्यको सुरुवात नपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआईजी घनश्याम अर्यालले डिजिटल शुभारम्भ गरेका थिए ।

बृक्षारोपणमा गणपतिसहित स्थानीय जनप्रतिनिधि, पत्रकार र गणमा कार्यरत प्रहरी अधिकृत एवं जवान सहभागी थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *