ढोरपाटन-२ का पहिरो पीडितलाई जिल्ला प्रशासन र राजमोको राहत

आदर्श अनलाइन, बुर्तिबाङ

गत भाद्र ९ गते राती परेकाे अविरल बर्षाका कारण घर माथिबाट आएको पहिराेमा परि घर सहित ज्यान गुमाएकी ढाेरपाटन वाड नम्बर २ अर्नाककी पुजा परियारकाे घरमा जिल्ला प्रशासन कार्यलय बागलुङका तर्फबाट राहत वितरण गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यलयकाे प्रतिनिधिका रुपमा इलाका प्रशासन कार्यलय बुर्तिवाङका प्रमुख लाेक बहादुर कुबँरले पीडित परिवारलाई मृतकलाई दुई लाख र घरकाे पुर्ण क्षेति भएकाेले १५ हजार गरि जम्मा २ लाख १५ हजार वाड अध्यक्ष युवराज महत उपस्थितिमा वितरण गरिएकाे छ ।

पीडित परिवारलाई राहत दिने सरकारकाे नियम अनुसार वितरण गरिएकाे अध्यक्ष महतले बताउनुभयो । साथै साेहि कार्यक्रममा राष्ट्रिय जनमाेर्चा जिल्ला कमिटीले पनि पाँच हजार राहत वितरण गरेको छ ।

राजमाे बागलुङका सल्लाहकार तमबहादुर घर्तीकाे उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएकाे बताइएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *