गलकोट समाज जापान टोकियोको अध्यक्षमा खत्री

आदर्श अनलाईन, बागलुङ
गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको अध्यक्षमा रमेश खत्री चियन हुनुभएको छ ।

गलकोट समाज जापान टोकियोको आगमी २०२०/२०२२ कार्यकालका लागि अध्यक्षमा खत्री सहित २६ जनाको कार्यसति चयन गरिएको छ । जापानको टोकियोमा सम्पन्न पाँचौं अधिवेशनले नयाँ कार्यसमित चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा राजु बस्नेत, दुर्गा खत्री, हिमाल कंडेल र दुर्गा थापा, सचिवमा दिनेश थापा, लेखा समिति संयोजकमा कृष्ण गौतम, उप संयोजकमा सन्तोष पुन र दिपक सुवेदी चयन हुनुभएको छ ।

यस्तै समितिको कोषाध्यक्षमा इश्वर बस्नेत, सह–सचिवमा रविन के.सी, बसन खत्री, सह कोषाध्यक्षमा प्रकाश न्यूरे र प्रकास के.सी रहनुभएको छ ।

यस्तै सदस्यहरुमा दण्ड के.सी, राजन कंडेल, दिपक सुवेदी, डम्मर खत्री, थम क्षत्री, धन बहादुर खत्री, मिलन गैरे, महेश तुलाचन, गगन खत्री, रामु खत्री, प्रकाश कार्की र तेजेन्द्र सिंह बस्नेत रहनुभएको छ । गलकोटबाट रोजगारी र अध्ययनको शिलशिलामा जापान बस्दै आएकाले विभिन्न समिति गठन गरी सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *