गण्डकीमा कोरोनासँगै डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थाले

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा कोरोना भाइरससँगै डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । बुधबार स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष पुष १६ देखि १ सय ५ डेंगु र ५४ स्क्रब टाइफसका बिरामी भेटिएका छन् । बुधबारसम्म प्रदेशका ८ जिल्लामा डेंगु र ४ जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएको निर्देशनालयले जनाएको छ ।

१९ जेठमा निर्देशनालयले अद्यावधिक गरेको तथ्यांकमा १६ डेंगुका बिरामी र १ जना स्क्रब टाइफसका बिरामी भेटिएको उल्लेख थियो । १९ जेठपछि गण्डकीमा डेंगुका ८९ र स्क्रब टाइफसका ५३ बिरामी भेटिएका छन् । सबैभन्दा धेरै म्याग्दीमा ६४ डेंगु र ४३ स्क्रब टाइफसका बिरामी भेटिएको निर्देशनालयले जनाएको छ ।

कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा ४, नवलपुरमा ३, बागलुङमा २, पर्वत र गोरखामा १र१ डेंगुका बिरामी भेटिएका छन् । त्यस्तै बागलुङमा ६, नवलपुरमा ३ र कास्कीका २ जनामा स्क्रब टाइफस देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *