तनहुँमा फुड बैंक

आदर्श अनलाइन, पोखरा

कोरोना संक्रमण महामारीको मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्ष्य गरी डुम्रेमा ‘फुड बैंक’ स्थापना गरिएको छ ।

डुम्रेस्थित युनिटी गु्रपमा आबद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी खाद्यान्न संकलन गरिरहेका छन् । ‘हुनेले दिने र नहुनेले लैजाने’ भन्ने मूल नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट एक व्यक्तिलाई एक पटकमा साढे चार किलो चामल, एक पोका नुन र एक पोका सोयाबिनलगायत सामग्री वितरण गरिरहेको गु्रपका संयोजक विक्रम गुरुङले बताए ।

उनले कोरोना संक्रमण महामारीका मारमा परेका विपन्न, अपांगता भएका, वृद्धवृद्धा र रोजगारी गुमाएका परिवारलाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न पु-याउन ‘फुड बैंक’ स्थापना गरिएको बताए । संयोजक गुरुङले भने, ‘स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक दाताहरुबाट सहयोग जुटाउने कार्य थालेका छौं ।’

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मंगलबार उक्त बैंकको उद्घाटन गर्दै युवाको समूहले राम्रो कामको सुरुआत गरेको र यसमा गाउँपालिकाले पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सो गाउँपालिका वडा नं १ का वडाध्यक्ष भानुभक्त पोखरेलले यस्तो सकारात्मक कार्यमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *