पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राष्ट्रिय युवा संघ र अनेरास्ववियूको सहयोग

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय युवा संघ र अनेरास्ववियू बागलुङले जैमिनी नगरपालिकामा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत हस्तान्तरण गरेको छ ।

गत भदौ २८ र २९ गते पहिराेमा परि जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेकी जालपादेवी पाध्या, वडा नम्बर १ का लक्ष्मीदेवी पाध्या र हरिकृष्ण पौडेलको परिवारलाई ५ हजारका दरले राहत हस्तान्तरण गरेको अनेरास्ववियू बागलुङका नेता शिव शर्माले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य झमन पाण्डे, अनेरास्ववियू केन्द्रीय सदस्य जीवन शर्मा, राष्ट्रिय युवा संघ बागलुङ संयोजक रेशम घर्ती मगर, सह–संयोजक रमेश घर्ती, विद्यार्थी नेता शिव शर्मा, सहयोग संकलन अभियानका संयोजक आकृति भण्डारी, युवा संघ बागलुङ नगर संयोजक दिपेन्द्र रेग्मी, अमृता जिसी लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्