राष्ट्रिय जनमोर्चा बागलुङद्वारा बिनामारे र कुश्मिसेराका पहिरो पीडितलाई राहत वितरण

आदर्श अनलाइन, बागलुङ : राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले जैमिनीमा पहिराेमा परि ज्यान गुमाएका परिवारलाई राहत दिएकाे छ ।

जैमिनी नगरपालिका ५ बिनामारेमा भाद्र २८ गते र जैमिनी नगरपालिका १ कुश्मिशेरामा भाद्र २९ गते गएकाे पहिरोमा परी मृत्यु भएका ६९ वर्षीया जाल्पा पाध्या र टुनिबाेटका ६८ वर्षीय हरिकृष्ण शर्माका परिवारलाई राहत रकम वितरण गरेको हाे ।

राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य ठाकुर शर्मा, राष्ट्रिय जनमाेर्चा जैमिनीका कार्यालय सदस्य हाेम बहादुर पुन, जैमिनी वडा नम्बर ५ का वडा अध्यक्ष गाेपाल पाैडेल सहितको टोलीले मृतकका परिवारलाई पाँच/ पाँच हजार रुपैयाँ सहयोग गरेको हाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *