प्रदेश सांसदले बाँडिन् दृष्टिविहीनलाई सेतो छडी र झोला

गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले औंसीको सदर्भ पारेर पितृहरुको सम्झनामा दृष्टिविहीनहरुको संस्थालाई सेतो छडी र झोला सहयोग गरेकी छन् । सांसद गुरुङले दृष्टिविहीन स्वरोजगार संघलाई ३० वटा सेतो छडी र ३० वटा झोला प्रदान गरेकी हुन् ।

सांसद गुरुङले यसअघि पनि दृष्टिविहीन संघलाई यस्तै खालका सहयोग गर्दै आएकी छन् । सांसद गुरुङले प्रदेश सभाबाट प्राप्त पारिश्रमिकबाट आएको रकम समाजसेवामा लगाएकी छन् ।

दृष्टिविहीन स्वरोजगार संघका अध्यक्ष दण्डपाणि ढकालले सेतो छडी र ब्याग पाएपछि खुसी व्यक्त गरे । उनले सांसद गुरुङलाई धन्यवाद दिए । उनले सांसद गुरुङबाट आफूलाई बेलाबेलामा सहयोग प्राप्त हुने गरेको बताए ।

दृष्टीविहीन स्वरोजगार संघले केही घरेलु हुने प्रयोगका सामानहरु समेत उत्पादन गर्ने गरेको ढकाले सुनाए । तर अहिले कोभिडका कारण र लकडाउनले गर्दा सामानहरु बिक्री हुन छाडेपछि । आर्थिक तथा अन्य भौतिक सहोयगको खाँचो उनले औंल्याए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *