राष्ट्रिय सहकारी बैंकको व्यवसाय निरन्तरता योजना तालिम

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा सहकारी व्यवसायलाई कसरी थप प्रभावकारी रुपमा निरन्तरता दिन सकिन्छ भन्ने बारेमा जानकारी गराउने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडको एक दिने व्यवसाय निरन्तरता योजना तालिम आइतावर सम्पन्न भएको छ ।

कोरोनाका कारण सबै क्षेत्रमा समस्या सिर्जना भएको छ, व्यापार व्यवसायमा कमी आएका कारण सहकारी सञ्चालनमा देखिएको समस्यालाई समाधानमा सहयोग पु¥याउनका लागि सहयोग पु¥याउन कालागि तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

कोरोनाका कारण सहकारी क्षेत्रमा पनि थुप्रै समस्या सिर्जना भएका छन्, कतै तरलता बढी भएर समस्या छ भने कतै तरलता अभावका कारण समस्या छ, वचत तथा ऋणमा मात्रै होइन, सहकारीमार्फत सञ्चालन गरिएका उत्पादन र सेवा क्षेत्रका व्यवसायमा समेत समस्या देखिएको छ, सदस्यहरुलाई आर्थिकसंगै स्वास्थ्य र सामाजिक अवस्थामा समेत समस्या देखिएको समयमा सहकारीलाई सदस्यहरुको उन्नती प्रगतिमा कसरी लगाउन सकिन्छ ? भन्ने विषयमा तालिममा सहजीकरण गएिको बैंकका तालिम विभाग प्रमुख रामबाबु आचार्यले जानकारी दिनुभयो ।

तालिम समापनका क्रममा बोल्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीलाई सदस्य केन्द्रीत व्यवसायका रुपमा रहेको सहकारी क्षेत्रलाई सदस्यहरुको आर्थिक अवस्थामा सुधार ल्याउन र सामाजिक अवस्थामा परिवर्तन ल्याउनका लागि विगतमा भन्दा नया योजना र कार्यक्रम आवश्यक हुने र त्यसका लागि तालिम सहयोगी भएको बताउनुभयो । विगतमा सहज रुपमा सञ्चालन हुने आएको सहकारी व्यवसाय कोरोनाका कारण अलमलमा छ, सञ्चालक जिसीले भन्नुभयो–अन्यौलतालाई चिरेर सहज वातावरणमा व्यवसाय सञ्चालन गर्न योजना निर्माणका लागि तालिममा सहजीकरण गरिएको छ ।

बैंकका प्रशिक्षकहरु नवकुमार अधिकारी र नारायण बेलवासेले संकटको समयमा सहकारीको सेवालाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ ? सदस्यहरुको स्वास्थ्य र आर्थिक समस्यालाई समाधानका लागि कसरी काम गर्ने लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

संकटको समयमा सेवा निरन्तरताका विकल्पको खोजी कसरी गर्ने र कस्तो योजना बनाउदा थप प्रभावकारी रुपमा व्यवसायलाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा जानकारी गराइएको बैंकले जनाएको छ ।

सहकारी बैंकले कोरोना संक्रमणका कारण सरकारले लकडाउन शुरु गरेदेखि नै जुम मार्फत विभिन्न किसिमका तालिम तथा गोष्ठीहरु सञ्चालन गर्दै आइरहेको छ ।

संक्रमणको समयमा कसरी सुरक्षित भएर सदस्यहरुलाई सेवा दिने लगायत व्यवसायिक योजना निर्माण र कार्यान्वयनका लागि बैंकले १ लाख ५० हजार जनालाई भर्चुअल तालिममा सहभागी गराइसकिएको तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन बैंकका प्रशिक्षक सूर्य रिमालले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *